fbpx

पोखरा ७ घारीपाटनको निशुल्क स्वास्थ्य शिविर , ३ सय ६५ जनाले गराए स्वास्थ्य परिक्षण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा ७ घारीपाटनमा रहेको माउण्ट हेभन इङ्लिस स्कुलको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं.७ को सहकार्यमा सम्पन्न उक्त शिविरमा रिर्मोट हेल्थ सर्भिस सेन्टर र भर्टिकल एसेन्ट काठमाडौँका चिकित्सक एवम् शवस्थ्यकर्मीको टोलीले प्रविधिक सहयोग गरेको थियो ।

चिकित्सक तथा प्रविधिक टोलीमा डा.अमृत पोख्रेल, डा.श्रमशिखा भण्डारी, प्रतिभा अर्याल भट्टराई, धर्म राज खड्का, मुकुन्द गुरुङ, सुनिता क्षेत्री, राजन गोतामे, सुशिल देवा श्रेष्ठ सहित टुरा युनिभर्सिटीबाट फ्रान्सका १ जना र अमेरिकाका ९ जनाको मेडिकल टिम रहेकाे थियाे । शिविरमा महिला तथा पुरुषको जनरल चेकअपका साथै इसिजी , मुटु सम्बन्धी समस्या, वल्ड प्रेसर , सुगर लगाएतकाे परिक्षण गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

उपचारका क्रममा जटिल समस्या देखिएकालाई गण्डकी मेडिकल कलेज रेफर गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्यले आफ्नो वडाको पनि पिछडिएको क्षेत्र घारीपाटनमा शिविर संचालन गरेकोमा खुसी व्यक्त गर्नुभयाे । सामाजिक जनचेतना फैल्याउने तथा जनताको स्वस्थ्यको बारेमा चासो राख्ने खालका सबै कार्यक्रममा वडाको साथ र सहयोग रहने उहाँले बताउनुभयाे । सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्ना अभिभावकको लागि मात्र नभएर समग्र वडा नंं. ७ को घारीपाटनका साथै वडा नं. ९ , १०,१५ र १७ का वडावासीहरुलाई पनि शिविरको लाभ मिलोस भनेर निशुल्क स्वस्थ्य शिविर आयोजना गरेको माउण्ट हेभनका प्राचार्य यम नाथ अधिकारीले बताउनुभयाे । शिविरमा ३६५ जनाले स्वास्थ्य परिक्षण गराएको पोखरा महानगर पालिका वडा नं. ७ का वडा सदस्य अर्जुन थापाले जानकारी दिनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन