साविक विजेता मच्छिन्द्रलाई उपाधि लक्ष्यमा धक्का

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । विभागीय टोली नेपाल पुलिसबिरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मच्छिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ ।


ललितपुरस्थित च्यासल मैदानमा आईतवार सम्पन्न खेलमा नेपाल पुलिस क्लवसँग २–१ ले पराजित भएपछि मच्छिन्द्र फुटबल क्लवको उपाधि लक्ष्यमा धक्का लागेको हो । मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो । निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता बनाउन सफल भएको थियो । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरिह बन्न पुग्यो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए ।


राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । त्यसको  १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पुयाएका थिए । बाँकी समयमा मच्छिन्द्र खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो पुलिसको रक्षापंक्तिलाई तोड्न असफल रह्यो ।


जितसँगै पुलिसले लिगमा मच्छिन्द्रविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । पछिल्ला पाँचौं खेलमा सुखद् नतिजा निकालेको पुलिसले २४ खेलबाट ३७ अंक भएको छ । हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ ।


लिग अन्तर्गत आईतवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लवले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित खेलेका थिए । दोस्रो हाफको ५२औं मिनेटमा हिमालयन शेर्पाले दिवस उराउको गोलबाट अग्रता निकाले पनि ५५औं मिनेटमा दिपेश आले मगरले गोल फर्काउँदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेनन् र दुवैले अंक बाँड्न बाध्य भए । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।


यस्तै संकटा क्लवले रेलिगेसन क्षेत्रको एफसी खुमलटारमाथि ३–० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आईतवार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे । जितसँगै संकटाले खुमलटारबिरुद्धका दुवै लेगमा सुखद् नतिजा हात पारेको छ । यस अघि पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । पराजय व्यहोरेको खुमलटारको समान खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा यथावत छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन