fbpx

नवलपरासीमा वन सम्बद्र्धन प्रणाली शुरु भएसँगै उपभोक्ता खुशी

author

समाचारपाटी

१ year अगाडि

लुम्विनी प्रदेशले प्रदेश ऐन मार्फत वन व्यवस्थापन कार्यविधि  बनाएर वन सम्बद्र्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ । वन सम्बद्र्धन प्रणालीमार्फत् उक्त बाटो खोलेको हो । वनमा भएका परिपक्क रूखहरू काट्ने र साना विरुवा हुर्काउने प्रणाली वन सम्बद्र्धन प्रणाली हो । जसमा ८० बर्ष सरंक्षण चक्र बनाएर रुख काटछाट गरी सरंक्षण गरिन्छ ।  वन  दिगो व्यवस्थापन, काठको उच्चतम प्रयोग र नियमित अम्दानीका लागी भन्दै नवलपरासीमा वन सम्बद्र्धन प्रणाली शुरु भएको छ । वन सम्वद्र्धन प्रणालीमा आधारित कटान शुभारम्भ भएसँगै उपभोक्ताहरुले आफ्नो प्रयोजनका लागि पनि काठ प्रयोग गर्न पाउने भएका छन् । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङ उपभोक्ताले प्रयोग गरेर बचेका काठ बिक्रि भएर सामाजि विकासका काम हुने र रोजगारी सिर्जना हुने बताउनुभयो । त्यस्तै राजस्व संकलनमा पनि योगदान पुग्ने उहाँको भनाई छ ।

सम्बद्र्धन प्रणालीमा आधारित  वन व्यवस्थापन वैज्ञानिक वन ब्यवस्थापन हो ।  तत्काल फाइदा पाइने र भविष्यको लागी वन जोगाउने समेत भएपछि उपभोक्ता यसप्रति आकर्षित भएको देखिन्छ । मुलपानी सामुदायिक वन उपभोक्ता समुह नवलपरासीका अध्यक्ष यज्ञ प्रसाद पाण्डे पुरानो र धोद्रो रुखहरु मात्रै काटिने बताउनुहुन्छ । उहाँले आफुहरुले नियमावलीले निर्देश गरे अनुसार काम अगाडी बढाएको बताउनुभयो ।

वनले  उपभोक्तालाई मात्र नभई राज्यको अर्थतन्त्रलाई पनि  बलियो बनाउन सहयोग पुर्याउँछ । वनमा भएका बुढा रुखलाई काट्ने र सानालाई हुर्काउने तर्फ जोड दिनुपर्छ । अन्यथा पुराना रुखहरु धोध्रो हुदै जाँदा काम नलाग्ने र राज्य लाई करोडौँ घाटा हुने हुन्छ । बहुमुल्य रुखहरु दाउराको लागी मात्र प्रयोग गर्नुभन्दा वन व्यवस्थापन भयो भने आम्दानी र वन सरंक्षण हुनसक्छ । डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्ले अब अरु देशबाट काठ आयात गर्नुनपर्ने बताउनुहुन्छ । यस कार्यक्रमले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै गरिबी निवारण र रोजगारी सिर्जना हुने उहाँले उल्लेख गर्नुभयो ।

नवलपरासीको कुल भु–भागको करिब ३० प्रतिशत अर्थात् २१ हजार ८ सय ५९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । नवलपरासीमा यस बर्ष वन व्यवस्थापनबाट करोडौँ रुपैयाँ आम्दानी गर्ने लक्ष्य देखिन्छ । 


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन