fbpx

जेसिए हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न
सफल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगितामा पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए) कास्की च्याम्पिएन बन्न सफल भएको छ । कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले हराउदै च्याम्पियन बन्न सफल भएको हो ।

फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिनुभयाे । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गर्नुभयाे । आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेशन फाउण्डेशनलाई ५–० गोलले हराउदै फाइनल प्रबेश गरेको थियो। त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।

विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ,हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजी प्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगाएतले अबिर, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । छनौट भएका टिममा सगरमाथाका दुई टिम, लिटिलस्टेप, केफ, जेसिए, माउण्ट अन्नपुर्ण, कास्की मोडनाइज, सृजना सेकेण्डरी स्कुल छनोट भएका छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभयाे । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उहाँले बताउनुभयाे । प्रतियोगिताको विजेताले नगद १ लाख,मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन