‘नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ’:-डा. शेखर कोइराला

author

समाचारपाटी

२ years अगाडि

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी छुट्न नहुने धारणा राख्नुभएकाे छ। ‘यस प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ,’ विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उहाँले भन्नुभयाे, ‘घटनाको अनुसन्धानलाई प्रभावित पार्ने हिसाबको राजनीतिक दबाब दिन हुँदैन।’ 

यो घटना मुलुकका लागि लज्जाको विषय भएको उहाँले बताउनुभयाे। ‘दोषी उम्किने वातावरण बन्न हुँदैन। उनीहरूले ‘पनि समेन्ट’ पाउनुपर्छ। यसमा ‘इफ’ र ‘बट’को कुरै छैन। राजनीतिक दबाबमा अनुसन्धान प्रभावित हुनु हुँदैन,’ उहाँले भन्नुभयाे। उहाँले यो प्रकरणले अन्तर्राष्ट्रिय रूप लिइसकेका कारण अनुसन्धान नरोकिने दाबी पनि गर्नुभयाे। गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको काम राम्रो भएको भन्दै उहाँले अनुसन्धानलाई प्रहरीले एउटा ‘लेभल’सम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयाे।

कोइरालाले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पार्नुभयाे। केही दिनअघि तपाईंको पनि नाम जोडेर अडियो सार्वजनिक भयो नि भन्ने संचारकर्मीको प्रश्नमा उहाँले भन्नुभयाे, ‘यस्ता फाल्नु कुरा नगर्नुस्। यसमा कतै पनि, कहीँ पनि, केहीमा पनि म ‘इन्भल्भ’ छैन।’

उहाँले यस प्रकरणमा जोडिएका केशव दुलाललाई आफूले चिनेको बताउनुभयाे। ‘केशव दुलाललाई चिनेकै हो, नचिनेको होइन, घरमैै आउँछन्, भेट्छन्, तपाईंंहरूसँग पनि फोटो खिचेका होलान्। यसको माने के ? शेखर कोइराला पनि यसमा संलग्न छ भन्ने हो ?,’ उहाँले भन्नुभयाे, ‘यस्ता अनावश्यक कुराहरू गर्नु हुँदैन। नक्कली शरणार्थी प्रकरण त्यत्तिकै थामथुम हुँदैन।’

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उहाँले दोषीलाई कारबाही हुनुपर्छ भनेर सबैतिरबाट आवाज उठिरहेका कारण अनुसन्धानलाई पर्खिनुपर्ने उल्लेख गर्नुभयाे। डा. कोइरालाले शीर्ष नेताबीचको छलफलको पनि चर्चा गर्नुभएकाे छ। ‘तीनजना शीर्ष नेताले छलफल गरे, दुईजनाले छलफल गरे भनेर हामीले पनि सुनिरहेका र पढिरहेका छौं,’ उहाँले भन्नुभयाे, ‘उहाँहरूले जेसुकै कुरा गरे पनि यो मुद्दामा ‘ब्याक’ हुनसक्ने अवस्था छैन।’  

annapurnapost


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान