fbpx

देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोगका बिरामी सोलुखुम्बुमा पनि बढ्दै

author

समाचारपाटी

९ महिना अगाडि

सोलुखुम्बु । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि देखा परेको छ। जिल्ला बाहिरबाट आएका व्यक्तिमा आँखा पाक्ने रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जनाएको छ ।केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता दैनिक ५/७ जनासम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा काठमाडौं तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु बढी रहेको राईले बताउनुभयाे । 

यो रोग तीव्र रुपमा फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । गर्मीमा बढी फैलने आँखा पाक्ने रोगका भाइरस चिसोमा पनि बाच्न सक्ने भएकाले सावधानी अपनाउन आँखा स्वास्थ्य कार्यकर्ता राईको भनाइ छ । यो रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् । 

सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन राईको सुझाव छ । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ ।

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने वित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन