fbpx

एघारौं पोखरा महोत्सवमा शनिवार धेरै दर्शकको भीड

author

समाचारपाटी

१ year अगाडि

पोखरा । एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको चौथो दिन शनिवार दर्शकको भीड लागेको हो । शनिवार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे । महोत्सवमा दर्शकको भीड संगै आर्थिक कारोबार समेत बढ्दै गइरहेको छ ।

महोत्सवमा घोडसावर, महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको ब्यवस्था मिलाइएको छ । त्यसैगरी महोत्सव स्थलमै टिकटक बनाइ पुरस्कारको ब्यवथा गरिएकाले पनि दर्शकहरु आकर्षित भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा आइतबार माघे संक्रान्तिको अवसर पारी महोत्सव स्थलमा रहेको रेष्टुरेन्टहरुमा माघे संक्रान्तिको अवसरमा खाइने परिकारहरु तरुल, सख्खर, चाकु, खिचडी, बटुक लगायतका परिकारहरु उपलब्ध हुनेछन ।

महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रकाश सपुतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । सपुतको पञ्चेबाजा, गलबन्दी लगायतका गीतमार्फत दर्शकहरुले नाचेर र गाएर मनोरन्जन लिएका थिए । सपुत संगै लोकदोहोरी गायक जीवन दाहाल, शिवहरी ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवमा आइतवार लोकदोहोरी तर्फ राजु परियार, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, दिलु लामा, निश्चल थापा, प्रीन्स लम्साल, तुलासा जिसी लगायतको प्रस्तुती रहनेछनभने सांझको लाइभ ब्यान्ड तर्फ छेवाङ लामाको प्रस्तुती रहने छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन