fbpx

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु

author

समाचारपाटी

९ महिना अगाडि

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु भएको छ। माप्यदुधकोशी गाउँपालिका- ३ खास्तापकी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयाे। 

उहाँका अनुसार बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसनमार्फत छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो। अप्रेसनमा संलग्न चिकित्सक डा.सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर ज्यान गएको हो। आमाको पेटभित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसनमार्फत निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको डा. शाक्यले बताउनुभयाे।

जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको ज्यान गएको यो पहिलो घटना भएको अस्पताल प्रशासनले जनाएको छ। मृतकको शव आज बिहान परिवारले बुझेका छन् भने शिशुको अस्पतालमै उपचार भइरहेको जनाइएको छ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन