fbpx

कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८०र८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।

२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने उल्लेख गरेको छ । कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ ।

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुने छ । पुनर्योगका लागि निवेदन दिने समय नतिजा प्रकाशन भएको मितिले १५ दिन तोकिएके छ । पुनर्योगको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालयले बोर्डको वेबसाइट मा रहेको फाराम डाउनलोड गरी कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्नुपर्ने छ ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने र विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर पौष १५ गते भित्रको हुनुपर्ने) । विलम्ब शुल्कसहित रजिस्ट्रेशन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुनेछ ।

विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइन इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने र २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने कार्यालयले जनाएको छ ।

onlinekhabar


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन