‘मन्त्रालयमा २४ सै घण्टा पर्यटकलाई सेवा दिनेगरी नमस्ते पर्यटक सेवा चलाउने तयारीमा छौँ’ : उड्डयनमन्त्री किराँती

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

उहाँले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताउनु भयो । त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिला बिरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताउनु भयो । सरसफाई निर्देशिका जारी गर्न लागेको पनि उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘वायुसेवा निगममा अनलाइन टिकट हामीले गरेका छौँ । सरसफाई र व्यवस्थापकिय पक्षमा खासगरी एयरपोर्टहरुमा हामीले धेरै सुधार ल्याएका छौँ । हवाई सुरक्षा सम्बन्धी सबै मातहतका निकायहरुमा पटक–पटक निर्देशन दिएका छौँ र केही सुधारका कामहरु पनि भइराखेको छ । लुम्बिनी गुरुयोजनाको सम्बन्धमा छानविन समिति नै बनाएर छानबिन समितिले प्रतिवेदन पनि ल्याइसकेको छ ।

पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको लागि ५ समिति अध्ययन समिति गठन गरिसकेका छौँ आज नै । पशुपति सरसफाइ अभियान अब ३ महिना प्रत्येक शनिवार मातहतको सबै कर्मचारीहरुसहित मेरो अध्यक्षतामा र मन्त्रालयको सचिव त्यसको सदस्यसचिव रहने गरी ३ महिने सरसफाई अभियान आउने शनिवारदेखि सञ्चालन गर्नेछौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका कुराहरु हामीले सुनिराखेका छौँ । त्यो घटना घटेको कुरा विभिन्न सार्वजनिक मिडियाबाट हामीले जानकारी पनि लिइरहेका छौँ । त्यसका निम्ति हामी महिला बिरुद्धको दुव्र्यवहार उजुरी लिने स्थायी युनिट हामी त्यहाँ बनाउने छौँ । सरसफाइ संस्थागत गर्न हामीले निर्देशिका जारी गर्दैछौँ ।

७ फेब्रुअरीमा ग्राउण्डेड भएको हाम्रो ट्वीनेटर जहाजको छानबिन उपसमिति बनाएका छौँ । हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा पठाएको छौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको सम्बन्धमा कसरी यसलाई सञ्चालन गर्ने, यसको सम्बन्धित निकायसम्म हामीले बिजनेस प्लान मागिराखेका छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक पहल शुरु नै गरिसकेका छौँ । भरतपुर विमानस्थल विस्तार गर्ने काम प्रारम्भ गरेका छौँ । मन्त्रालयमा २४ सै घण्टा पर्यटकलाई सेवा दिनेगरी नमस्ते पर्यटक सेवा चलाउने तयारीमा छौँ ।’ 

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उहाँले बताउनु भयो । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उहाँको भनाई छ । मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताउनु भयो । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

१ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए

‘तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा...

‘प्रधानमन्त्रीलाइ नयाँ गाडी चलाउन दिँदा स्टार्ट गर्न नपाउँदै पुरानोमा...

प्रधानमन्त्रीले प्रश्ताव प्रश्तुत गर्दै

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशआचार्यको शब्द, संगीत र स्वर रहेको...

नवगायक सन्तोष खत्रीले ल्याए कर्मचारीको तलब सम्बन्धी गीत ‘१५...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र ६, २०७९

१२.७२°

-
Rain