fbpx

छोरेपाटन माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार विविध साँस्कृतिक कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भएकाे छ ।

वार्षिकोत्सव समारोहको विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे ।

सो अवसरमा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्व शिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, संघसंस्थाहरुको तर्फबाट छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, विद्यार्थीहरुको तर्फबाट विवेक पौडेल र रेश्मा खातुनले आफ्नो धारणा राख्नुभएकाे थियाे ।

विद्यालयका प्रधानाध्याक डिल्लीराम शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०२१ सालमा तिब्बती बालबालिकाको लागि तासिलिङ स्कुल स्थापना गरिएको र वि.सं. २०३१ सालमा नेपाली समाजले जिम्मा पाए पस्चात छोरेपाटन मावि भएको बताउनुभएकाे थियाे ।

२०३७ सालमा माध्यमिक तह र २०५५ सालमा मानविकी, शिक्षा र व्यवस्थापन समूहको कक्षा ११ संचालनको अनुमती प्राप्त भएको थियो भने २०६५ सालदेखि कक्षा ११ मा विज्ञान विषय पढाई हुँदै आई रहेको बताउनुभयाे ।

प्रधानाध्यापक शर्माले दुई हजार एक सय भन्दा वढी विद्यार्थी भएको विद्यालयमा ९३ जना शिक्षक र २० जना स्थानिय श्रोत कर्मचारी कार्यरत रहेको बताउँदै सरकारी अनुदान प्राप्त शिक्षक दरबन्दी ३० जना र स्थानिय श्रोत शिक्षक दरबन्दी ६३ जना रहेको बताउनुभयाे । उक्त अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

साथै २५ वर्ष भन्दा वढि विद्यालयमा सेवारत मनोजकुमार भट्टराई र लिला प्रसाद पराजुलीलाई दिर्घसेवा सम्मान, नियमित उपस्थित हुने शिक्षकहरु लेखनाथ बराल, रोहित प्रसाद बराल, भीमबहादुर थापा, फणिन्द्र वाग्ले, कल्पना भट्टराई र ऋषिराम भण्डारी, अतिरिक्त क्रियाकलापमा योगदान गर्ने शिक्षकहरु रोशनप्रसाद श्रेष्ठ, एकनारायण भण्डारी, लिलानाथ आर्चाय, भगवती कार्की, युवराज सुबेदी, विष्णु कुमारी राई, खेमकुमारी बराल र ऋषिराम सिग्देललाई सम्मान गरिएको थियो ।

त्यसैगरी राम्रो शैक्षिक वातावरण वनाउन योगदान गर्ने शिक्षकहरु लिलाप्रसाद पराजुली, माधव भट्टराई, नारायण थापा, लक्ष्मण पौडेल, जीवन पौडेल, प्रभा सापकोटा र गायत्री पौडेल, आफ्नो विषयमा सत्प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल शिक्षकहरु रेखा थापा, गिरिधारी पोख्रेल, मनुराज आचार्य, राम प्रसाद सुबेदी, माधव पहारी, प्रेमराज गौतम, सागर बराल, रोहित प्रसाद बराल, पुकार भण्डारी र विजय सुबेदी र प्रशासनिक काममा उत्कृष्ट सहयोग गर्ने कर्मचारीहरु दिपक सुबेदी, अनिश पहारी र सुरेन्द्र सापकोटालाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

विद्यार्थीहरुले विद्यालय प्राङ्गणमा विभिन्न विज्ञान तथा प्रविधिको प्रदर्शनी गर्नुका साथै नृत्य, नाटक लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस वर्ष विद्यालयमा उषा शर्मा आचार्य, सन्ध्या आचार्य, गणेश आचार्य र रंगीला आचार्यद्धारा तिलक मिना स्मृति पुरस्कार, प्रथम प्रधानाध्यापक क्षेत्रबहादुर कुँवरद्धारा डम्बरसिंह सेतु स्मृति पुरस्कार र पुर्व विद्यार्थी विष्णु गिरीद्वारा आमाछोरा पुरस्कारको स्थापना गर्नुभएकाे छ ।

पुरस्कारको लागि आचार्य परिवारले ३ लाँख, क्षेत्रबहादुर कुँवरद्धारा १ लाँख र विष्णु गिरीद्धारा ५० हजार राशीको अक्षयकोष स्थापना गर्नुभएकाे हाे । विद्यालयमा हालसम्म २७ अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषको वार्षिक व्याजबाट गरिव तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्तिमा अध्ययन गरिरहेकाे अध्यक्ष झपिन्द्रराज रेग्मीले बताउनुभयाे ।

सोही अवसरमा मनोजकुमार भट्टराई संयोजक रहेको सम्पादक मण्डलद्धारा सम्पादित विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना अंक २ लोकार्पण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज वरालले स्वागत, संचालन सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले र शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्माले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

विद्यालयको वार्षिकोत्सवको पुर्वसन्ध्यामा जुनियर युवा रेडक्रस सर्कलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको सर्कलका सभापति अन्वेषण सुवेदी र शिक्षक नायक युवराज सुवेदीले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक