fbpx

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँ :- प्रमुख धनराज आचार्य

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गर्नुभएको हो ।

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताउनुभयो । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भन्नुभयो, अब यसको उपलब्धता मात्र होइन, यो शुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उहाँले बताउनुभयो ।

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी सुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो । पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको सुद्धिकरणका लागि जाइकासंगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उहाँले त्यो परियोजना अन्तिम चरणमा रहेको बताउनुभयो । “सहर होस् या गाउँ अव घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत सुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने छ ।” प्रमुख आचार्यले भन्नुभयो । पानीको सुद्धिकरण, मुहानको संरक्षण र पानी वितरणका सम्बन्धमा आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताउनुभयो । “हिजोका दिनहरूमा यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खानेपानी निकै समस्या रहेको थियो, उहाँले भन्नुभयो, तर स्थानीयहरूको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजनाहरू सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको छ ।” खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकामा त्यो पनि निर्माणको क्रममा रहेकाले यसले पुरन्चौर क्षेत्रको खानेपानी वितरणमा थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक