fbpx

इन्द्र राज्यलक्ष्मी कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

author

समाचारपाटी

२ years अगाडि

पोखरा । इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी सेमिफाइनलमा प्रवेश गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले २ र कमल घर्तिमगरले १ गोल गरे । दिनेशले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै दिनेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन ।

खेलको दोस्रो हाफ ३९औं मिनेटमा राज्यलक्ष्मीका कमल घर्तिमगरले गोल गर्दै टिमलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र राज्यलक्ष्मी ३–० ले विजयी हुँदै सेमिफाइलनमा प्रवेश गर्न सफल भयो ।

सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सहिद स्मृति आवसिय माध्यमिक विद्यालयले विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई १–० क्वाटरफाइनलमा प्रवेश गरेको हो । सहिद स्मृतिका राजेश विकले खेलको ४९ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
पोखरा आदर्श माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै भद्रकाली माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रकालीका दीपेश गुरुङ र जीवन गुरुङले गोल गरे । दीपेशले खेलको दोस्रो मिनेटमा र जीवनले ५२औं मिनेटमा गोल गरे ।
कालिका माध्यमिक विद्यालयले प्रतिभा माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । कालिकाका समुन्द्र सुवेदी ५औं मिनेट समुन्द्र सुवेदीले गोल गर्दा कुशन राई १७औं मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन र कालिका क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि