fbpx

‘गोरेटो’बाट यसरी सुरक्षीत तरिकाले अध्ययनका लागि क्यानडा जान सकिन्छ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरुको चासो बढीरहेको देखिन्छ । यसैबिच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरु, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरुले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरु र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराउनुभएकाे थियाे ।

विद्यार्थीहरुले क्यानाडा गएपछि सुरुवाती दिनहरुमा कामभन्दा पनि पढाईलाई बढी प्राथमिकतामा राख्न सुझाव दिदै पढाई पछि विद्यार्थीहरुले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरु प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने कुरालाई जोड दिनुभएकाे थियाे । सो अवसरमा अर्का परामर्शदाता सतिस भट्टले हरेका आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उहाँको जीवनसाथीले भिन्दा भिन्दै आवेदन दिनु प्रभावकारी हुने बताउनुभयाे ।

त्यस्तै परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरुलाई ढुक्क भएर पि. टि. इ. तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिनुभयाे । क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ्ग, हस्पिटालिटी, नर्सिङ्ग, फोटोग्राफ्री , बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि