fbpx

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्डमा सात जनाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको पछिल्लो गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।

सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् । हाफ मुन वे एसियाली मूलका मानिसहरुको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ । झाओ गाडीमा प्रहरी स्टेसनतर्फ गइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । झाओलाई प्रहरीले भुइँमा लडाएर नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार झाओले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए । अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए । आठ जना घाइतेको अवस्था गम्भीर छ ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले गोली काण्डका यी घटनालाई ‘त्रासदीमाथि त्रासदी’ भनेर टिप्पणी गर्नुभएकाे छ । पहिलो गोलीकाण्डमा घाइते भएकाहरुलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उहाँले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गर्नुभएकाे छ ।

बीबीसी


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर