जोर्डनका विदेशमन्त्री अयमान सफादी र आयरल्याण्डका विदेशमन्त्री माइकल मार्टिनले गाजापट्टीमा जारी युद्धका कारण उत्पन्न भयावह अवस्थाको अन्त्य गर्ने उद्देश्यका लागि प्रयासहरूबारे छलफल गर्नुभएको छ । दुई मन्त्रीहरूले तुरुन्त युद्धविराममा पुग्न, गाजापट्टीका सबै भागहरूमा तत्काल र पर्याप्त सहायताको प्रवेशमा सबै अवरोधहरू हटाउन र क्षेत्रीय वृद्धि रोक्नको लागि सबै प्रयासहरूमा सामेल हुनुपर्नेमा जोड दिनुभयो । जोर्डनका विदेशमन्त्रीले प्यालेस्टिनी अधिकारलाई समर्थन गर्नेमा आयरल्याण्डको आफ्नो पक्षबाट आयरल्याण्डका विदेशमन्त्री माइकल मार्टिनले युद्ध शुरु भएदेखि जोर्डनले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो । उहाँले तत्काल युद्धविराम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै बन्धकहरूको रिहाई र गाजामा मानवीय सहायताको वृद्धि, निर्वाध मानवीय सहायतामा जोड दिनुभयो ।
सिन्ह्वा