fbpx

स्रोत नखुलको २२ लाख ५० हजारसहित वीरगन्जबाट दुईजना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

क्रान्ति शाह, वीरगन्ज । वीरगन्जमा स्रोत नखुलको ठूलो रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डीको कोरोबारी रहेको आरोपमा प्रहरीले वीरगन्ज ८ घण्टाघर चोकबाट २२ लाख ५० हजार रुपैयाँसहित दुईजनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीय विकास साह र वीरगन्ज १८ इनर्वा मनियारीका १९ वर्षीय सुभाष कुमार साह रहेका छन् ।

मङगलबार दिउँसो प्रहरीले घण्टघार चोकस्थित सडकमा बीआर ०५ ए इ ९३४३ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा त्यसमा विकाससँगै सवार रहेका सुभाषले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयाे ।

झोलाबाट नेपाली पाँच सय र एक हजार दरको नोट गरी २२ लाख ५० हजार रुपैयाँ बरामद भएको उहाँले बताउनुभयाे । बरामद रकम,साहद्वयले स्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रहेको हुनसक्ने उहाँले बताउनुभयाे ।

बरामद रकमसहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतममा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको गिरिले जानकारी दिनुभयाे। वीरगन्जमै एक साताअघि मात्रै प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित वीरगन्ज महानगरपालिका १७ का १९ वर्षीय राजन साहलाई पनि पक्राउ गरेको थियो ।

वीरगन्जमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै हण्डीको कारोबार गरेको भन्दै ७ जनालाई पक्राउ गरि उनीहरुको साथबाट ९५ लाख ९८ हजार रुपैयाँ बरामद गरिसकेको छ । यस्तै, गत आर्थिक वर्ष २०७८र०७९ मा वीरगन्जमा प्रहरीले २२ जनालाई पक्राउ गरी उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद गरेको थियो।

खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्तिका कारण हुन्डी कारोबार बढेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार ,नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ।

यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम अवैध रुपमा पुनः नेपाललै फर्काउने गरिएको हो ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन