बर्नार्डो अरेभालोले ग्वाटेमालाको नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको छ । उहाँलै २०२४ देखि २०२८ सम्मको कार्यकालका लागि राष्ट्रपतिको शपथ लिनुभएको हो । शपथग्रहणपछि अब ग्वाटेमालाका जनताले आशाका रुपमा आफूलाई हेर्नसक्ने बताउनु भयो ।
गत अगस्टमा ग्वाटेमालाको राष्ट्रपतीय निर्वाचनमा बर्नार्डो अरेभालो विजयी हुनुभएको थियो । ९५ प्रतिशत मतगणनामा आरेभालोले ५९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी सान्ड्रा टोरेस ३६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
सिन्ह्वा