fbpx

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट मलाई छैन : महानिरीक्षक कुँवर

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उहाँले प्रहरीमा सुधार आवश्यक रहेको बताउनु भयो ।

उहाँले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाउनु भयो । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले मार्ग निर्देशन गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभुति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ छ ।

राज्यको अभिन्न अंग नागरिकका हरेक दुःखको प्रथम र प्रत्यक्ष साक्षि नेपाल सरकारको सर्वाधिक पहुँच भएको देशभर कम्तिमा पनि २५ सय प्रहरी निकायहरुमार्फत सेवा प्रवाह गर्दै आएको राज्यको पहिलो अनुभुति दिलाउने र नेपाल प्रहरी संगठनको व्यावसायिक सक्षमता अभिवृद्धिमार्फत लोक कल्याणकारी राज्यले निर्दिष्ट गरेका लक्ष्यहरुको प्राप्तिका मार्गहरु सहज हुने र यसले अन्ततोगत्वा आम नागरिकमा राज्यप्रतिको भरोसा र विश्वासका थप प्रगाढता वृद्धि हुनेछ ।

प्रहरी कस्तो छ रु भन्नेकुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक