fbpx

रौतहटको सीमावर्ती क्षेत्रबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

author

समाचारपाटी

१ year अगाडि

वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।

सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।

भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्री र सेवन निषेध गरिएको छ । सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गरिन्छ ।

रौतहटको राजदेवी नगरपालिका(९ ब्रम्हपुरीस्थित बोर्डर आउटपोष्ट बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल नेतृत्वको टोलीले मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको ११८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयाे ।

बोलेरोको मूल्य ५ लाख कायम गरी बरामद गरिएको ६ लाख २० हजार मूल्य बराबरको सामाग्री गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन