fbpx

अखिल नेपाल फुटबल संघको कार्यसमिति बैठक सुरु

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक सुरु भएको छ। बुधबार बिहान आठ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो। आजको बैठकमा विविधसहित १९ वटा एजेन्डा तय गरिएको छ। यद्यपि, १३ जना सदस्यले थप्न माग गरेका पाँच एजेन्डा भने आजको बैठकमा समावेश गरिएको छैन।

महासचिव राईले पत्राचार गरेका एजेन्डामा अन्तर्राष्ट्रिय थ्रीनेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट प्रतियोगिता, ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी चार वर्षको योजना लगायत विषय समावेश छन्।

यस्तै, सहिद स्मारक बी र सी डिभिजन लिग, जिल्ला लिग, यस वर्षको महिला लिग, विद्यालय स्तरीय महिला र पुरुष उमेर समूहका प्रतियोगिता र कर्मचारी नियुक्ति पनि समावेश छन्। बैठकमा महिला र फुटसल फ्रेन्चाइज प्रतियोगिता, महिला एकेडेमी, प्रदेश संघको अधिवेशन, फुटसल लिग, नेपाल सुपर लिगका लागि समय उपलब्ध गराउने, राष्ट्रिय टिम र संघलाई आवश्यक खेलकुद सामग्री, प्रायोजन र खरिद, विभिन्न देशमा संघको समन्वय समिति गठन स्थायी समिति तथा अन्य आवश्यक समिति, आपतकालिन समिति, सीईओ, सहायक महासचिव लगायत कर्मचारी–पदाधिकारी नियुक्ति र विविध विषय एजेन्डामा उल्लेख छ।

यद्यपि, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडासहित सदस्यहरू रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यञ्जनकार, भरत बुढ थापा, पेमा डोल्मा लामा, टीका लामा, भोजराज शाही, मनिष जोशी, मनिराज विष्ट, महेन्द्र क्षेत्री र सरिला श्रेष्ठ गरी १५ जनाको नामसहित ५ एजेन्डा थप्न माग गर्नुभएकाे थियाे।

थपिनुपर्ने एजेन्डाको पहिलो नम्बरमा विश्वकपको २०२२ को म्याच टिकटको विषय उठाइएको थियो। एन्फाले विश्वकपका फुटबल दर्शकका लागि किनेका टिकट हिनामिना भएको चर्चा फुटबल वृत्तमा छ।

यस्तै, दोस्रो एजेन्डामा एएफसीका विभिन्न समितिका लागि नाम सिफारिस गर्ने उल्लेख थियो। तर, महासचिव राईले यसअघि नै पत्रचार गरेर एजेन्डा समावेश नगरिएको जानकारी दिइसक्नुभएकाे छ । 

annapurnapost


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक