fbpx

अलकत्रा उद्योगका कारण गाँउका पशुचौपाया मरे, मानवलाई श्वास प्रश्वासमा असर

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रा.लि.ले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ । 


समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो । उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरु बताउँछन् । मापदण्ड विपरित समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानियहरु आक्रोसित भएका छन् ।

गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालीकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन् । मानव स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा ईलाका प्रहरी कार्यलय उर्लावारीले स्थानिय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडेपनि मनोज लिम्बू र सन्तोष लिम्बू भने ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा छन् । यता उद्योग रेखदेख गर्दै आएका ईन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरेपनि स्थानीय युवा आएर तोडफोड गरेको बताउनु भयो ।

मापदण्ड विपरित सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनैपनि उद्योग सञ्चालनमा रोक लागउने उर्लावारी नगरपालीका वडा नं. ३ का वडाध्यक्ष भिष्म बुढाथोकीले बताउनु भयो । शुरुमा च्याउ उद्योग खोल्ने भनेपनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरुको भनाइ छ । पटकपटक बिरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ । स्थानिय, जनप्रतिनिधी र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भएपनि सहमति कार्यान्वयन हुन सकेको छैन ।

कानूनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरपर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ । उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ । उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुनीने खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरु बताउँछन् । 


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक