fbpx

‘विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन्छ’:-कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

८ महिना अगाडि

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौतामा प्रतिवद्धता गरे अनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरु भएका बताउनु भयो । उहाँले राजनीतिक दलहरु एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताउनु भयो । उहाँले राजनीतिक दलहरु आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन्छ । बेपत्ताहरुको छानबिन आयोग गठन हुन्छ । त्यसले अनुसन्धान गर्छ । त्यसले निष्कर्ष निकाल्छ । र, द्वन्दपीडितहरुले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो त्यो अहिलेपनि पूरै अधुरो छ । मलाई आफूलाई लाग्ने यो मुख्य रुपबाट राजनीतिक नेतृत्वको, अहिले संसदभित्र भएका राजनीतिक नेतृत्वको । त्यसमा पनि यही शान्ति प्रक्रिया निर्माण गर्ने, १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माण र यो निर्वाचनबाट संसदमा पुगेका दलहरुको मुल्यांकन गर्ने हो भने तिनै परिवर्तनकारी शक्तिहरुको पहुँच र प्रभाव छ अहिले संसदमा पनि । तर त्यसबेलाका परिवर्तनकारी, आन्दोलनकारी शक्तिहरु एक ठाउँमा उभिएभने उहाँहरुले सहजै समाधान दिन सक्नुहुन्छ । तर त्यहीँनिर समस्या जस्तो लागेको छ । म आग्रह गर्न चाहन्छु राजनीतिक दलका नेताहरु बीचको सम्बन्धलाई, उहाँहरु बिचको विश्वासलाई तपाईहरुले मूल्यांकन गर्नुस् । विश्वासको दायरामा ल्याउनुस् । धेरै लामो समय लाग्दैन । लामो समय पर्खिनु पर्दैन । द्वन्द्वपीडितले न्याय पाउँछन् । कानून पनि पास हुन्छ । दलहरुको बीचको अविश्वासको कारण यो टाढिँदै गएको छ । आयोगमा राख्ने मान्छेहरुको क्षमता मूल्यांकन गरेर राख्नुस् । विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना गरिएको छैन । शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज हो । त्यसलाई आत्मासात् गरेर राजनीतिक दलहरुले दृढ इच्छाशक्तिका साथ एक ठाउँमा बसेर सोच्नुभयो भने यो सहजै समाधान हुनसक्ने विषय हो ।’

नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना नगरिएको स्पष्ट पार्नुभयो । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उल्लेख गर्नुभयो ।


काठमाडौं

आइतवार, जेष्ठ ६, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन