fbpx

स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा आएका नयाँ प्रविधि, जाँच, मेसिनबारे विज्ञहरुबीच छलफल

author

समाचारपाटी

१ year अगाडि

पोखरा । विज्ञान र प्रविधिको विकासले सबै क्षेत्रमा नयाँ नयाँ आविष्कार भइरहेका छन् । मेडिकल ल्याब क्षेत्र यसबाट अछुतो हुने कुरै भएन । स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा आएका नयाँ प्रविधि, जाँच, मेसिन आदिबारे शुक्रबार पोखरामा
विज्ञहरुबीच छलफल भएको छ ।

कार्यक्रममा रस कम्पनीका प्रशिक्षक डा भूषण नागपुरेले हृदयघात र हार्ट फेलिएरका जाँचबारे प्रकाश पार्नुभयाे । उहाँले ट्रोपोनिन एचएस, एन्टीप्रो बिएनपी जस्ता जाँचले समयमै हृदयघात र हार्ट फेलिएरको जानकारी दिने भएकाले जीवन रक्षामा योगदान पुग्ने बताउनुभयाे ।

रसका मार्केटिङ म्यानेजर विस्नु सक्वातले लामो समय र ठूलो धन राशि खर्च गरी अनुसन्धानपछि कम्पनीले नयाँ मेसिन र जाँचहरु सुरुआत गरेको उल्लेख गर्नुभयाे । उहाँले विश्वका २ सयभन्दा बढी देशमा रसका मेसिनबाट रक्त जाँच भइरहेको बताउनुभयाे ।

ल्याब गुणस्तर विज्ञ सुशील थापाले गुणस्तरलाई अपडेट गर्दै अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन गर्नेपर्ने बताउनुभयाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा बुद्धिबहादुर थापा र प्राडा गिरधारी शर्माको संयुक्त अध्यक्षतामा
कार्यक्रम भएको हो । कार्यक्रममा २ सय २५ चिकित्सक सहभागी थिए । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले डाइनोनेक सपोर्ट र रस डायग्नोस्टिक इन्डिया एन्ड नायबरिङ मार्केटेस्को सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

युआरएलले हरेक वर्ष नयाँ मेसिन र जाँचबाट विज्ञ र चिकित्सकसँग छलफल आयोजना गर्दै आएको छ । कार्यक्रममा चिकित्सकहरुले नयाँ मेसिन र नयाँ परीक्षणहरुले रोगको निदानलाई सहज बनाएको बताएका थिए ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन