fbpx

पर्वतको ठुलीपोखरीमा भोलिदेखि हुने बृहत स्वास्थ्य शिविरको तयारी पुरा

author

समाचारपाटी

१ year अगाडि

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।

निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । शिविर संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रयालयसँगको समन्वय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग रहेको छ ।

फागुन २१, २२ र २३ गते गरी तीन दिन सम्म संचालन हुने शिविरको व्यवस्थापनको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिमालले जानकारी दिनुभयो । शिविरका लागि निजामती कर्मचारी अस्पतालबाट विषेशज्ञ चिकित्सक सहितको झण्डै ५० जनाको मेडिकल टिम आजै साँझ ठुलीपोखरी आईपुग्ने भएको छ । शिविरको आइतवार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको सबैजसो संयोजक वडा अध्यक्ष रिमालले गर्नुभएको हो ।

शिविरमा प्रसुती तथा स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग, फिजिशियन सेवा, फेमिली मेडिशिन सेवा, यौन तथा चर्मरोग, फिजियोथेरापी, जेनेरल सर्जरी सेवा संचालन गरिने भएको छ । त्यसैगरी दन्त रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, बालरोग, रगत जाँच, मोनोरोग, नाक, कान घाँटी लगायतका समस्याको विशेषज्ञ डाक्टरहरुद्धारा उपचार गरिने निजामती कर्मचारी अस्पताल काठमाण्डौले जनाएको छ ।

शिविरमा सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा तत्काल गरिने र थप उपचार गर्नुपर्ने भएमा सिभिल अस्पताल काठमाण्डौमा रिफर गरि निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभएको छ । शिविरमा पर्वत जिल्लाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला स्याङ्जाका नागरिकहरुले समेत सेवा लिन सक्ने भएका छन् । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई आवश्यक सवैजसो औषधी पनि निशुल्क वितरण गरिने भएको छ ।

राजधानीका सुविधासम्पन्न निजामती कर्मचारी अस्पतालमा हुने सवैखालका रोगहरुको पहिचान, उपचार तथा सामान्य शल्यक्रिया सेवा समेत शिविरमा संचालन हुने भएकाले बढि भन्दा बढि नागरिकहरुले सहभागिता जनाएर स्वास्थ्य परिक्षण गराउन नगरप्रमुख जोशीले आग्रह गर्नुभएको छ । घर गाउँमै यति धेरै विशेषज्ञ सेवा सहितको उपचार सेवा नपाईने भएकाले पनि बालबालिका, युवा, युवती, गर्भवती, महिला, बृद्ध बृद्धाहरुलाई निःशुल्क उपचार सेवा लिन आग्रह गरिएको छ ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक