fbpx

‘भ्रष्टाचारलाई कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं’:-गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको  छ ।

संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमती गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढनुपर्ने बताउनु भयो । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँले भनाई थियो । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमति आज आवश्यक छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमति गरौन । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं । त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे त्यो विमान खरिदमा होस् । नियुक्ती गर्दा होस् । जग्गाका कुरा होलान् । के होलान् । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौं । म, हामी जो परेपनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ हामीले । त्यो सहमती पो राष्ट्रिय सहमति हो । जनताको लागि गरिएको सहमति हो । सुशासनका लागि गरिएको सहमती हो ।’

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन