खैरो हेरोईन कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 


लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागुऔषध खैरो हेराईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले जेठ ९ गते काठमाडौंको बोद्ध टुसालस्थित एक होटलबाट लागुऔषध खैरो हेरोईन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेराईन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताउनु भयो । उहाँका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । यस कारबाहीमा नेपालीलाई लागुऔष खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको बताउनु भयो ।

त्यस्तै प्रहरीले लागुऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरीएको हो । खैरो हेरोईन प्रति १ ग्रामको अवैध् बजारमूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागुऔषध चरेस प्रति १ किलोग्रामको अवैध बजारमूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ । प्रतिवादीहरुको साथबाट बरामद भएको लागुऔषधको अवैध बजारमूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ । 


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन