काठमाडौं । पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ९ जना महिला र ३ जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ ।
रमजानको अवसरमा निस्शुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको छ । उपभोग्य वस्तुको भाउ बढेपछि विभिन्न ठाउँमा हुने निस्शुल्क खाद्यन्न वितरण कार्यक्रममा ठूलो भिड लाग्न थालेको छ । यसअघि अघिल्लो हप्ता पनि भिडमा किचिएर ४ जना वृद्धवृद्धाको मृत्यु भएको थियो ।