fbpx

१६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा सोमबार भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्याे ।

क्लबका अध्यक्ष असिम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नी एफसीका अनिश तामाङ घोषित हुँदै ट्रफिसहित नगद रु ८ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकैअनुज भण्डारीले ट्रफि र जनही ६÷६ हजार नगद प्राप्त गरे ।

सो प्रतियोगिताबाट वी आर ब्रदर्श काठमाडौंको टोलीलाई अनुशासित टिम घोषित हुँदै शिल्डसहित नगद रु ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर,क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष
असिम थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री जुग्जालीमगरले पोखराको परिचय पर्यटन मात्रै नभएर खेलकुदको पनि अहम भूमिका रहेको धारणा राखे । उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउदै आगामी दिनमासमेत निरत्तर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने
प्रतिबद्धता व्यक्त गरे ।

उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै आफुले पहल गर्ने उल्लेख गरे । स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक