fbpx

बिटी कपमा पहिलो चरणका खेल जारी, सोमबार ८ खेल सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा सोमबार भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्रले पराजित गर्याे ।

खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो । बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो ।

यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो । चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जिनाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १÷१ गोलको योगदान दिए ।

यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो । नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे । छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे ।

युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १÷१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो । यता घान्द्रुकको तर्फबाट निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १÷१ गोल फर्काए ।

साताैँ खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १÷१ गोलको योगदान दिए । साेमबार भएको अन्तिम तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।

शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।

प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक