काठमाडौं । उमेर नपुगेकी बालिका करणी गरेको आरोपमा जेल परेर २० लाख धरौटीमा छुटेका सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर मुद्दा अघि बढाइनुपर्ने माग गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालय उक्त माग गर्दै सर्वोच्च अदालत पुग्ने भएको छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर सो आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले गत साता लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको बताइएको छ ।