याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो ।

बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्बुङ, संचारिका समुहकी अध्यक्ष तथा कवि बिमला तुम्खेवा, पाँथर समाजका अध्यक्ष होमकुमार लावतीको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरू खड्ग न्यौपाने, टंक श्रेष्ठ, सरिता राई, क्या टंक जबेगु, कल्पना योङहाङ, गायकरसंगीतकार ब्रबिम सेर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मुन्धुमवीद तथा कलाकार यासेली योङहाङले लिम्बू पाःलाममा अंग्रेजी मिसिन थालेको गुनासो राख्नुभयाे । स्वागतकै क्रममा उहाँले हरेक वस्तुको अस्तित्व हुने बताउँदै यतिबेला १ नम्बर प्रदेशमा आयातित पाइलाले कुल्चिएको बताउनुभयाे । अहिले बिद्रोहको आवाज बुलन्द भएको बेला यो पाःलाम सोही बिद्रोहको एउटा रुप भएको बताउनुभयाे । उहाँले कलाकारहरू राष्ट्रको गहना नभएर देशको अभिन्न अङ्ग भएको पनि बताउनुभयाे ।

कार्यक्रम प्रस्तोताको प्रश्नको उत्तर दिने क्रममा भिडियोका कलाकार चन्द्रकुवेरले यसअघि पनि धान नाच्दै आएको हुँदा काम गर्न सहजै भएको बताउनुभयाे । आफैलाई भिडियोमा देख्दा भने अलिक असहज भएको बताउनुभयाे । उहाँले एउटा ख्याली पनि भनेर सुनाउनुभएकाे थियाे । अर्का कलाकार कमला सेन्दाङले गीतकार कल्पना आङबुङको आग्रहमा यश भिडियो खेल्न पुगेको र यो आफ्नो लागि राम्रो अवसर भएको बताउनुभयाे ।

यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अतिथि कियाचुका उपाध्यक्ष गोविन्द आम्बुङले यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयाे । अहिले मौलिक पाःलाम र धाननाचहरू हराउदै गएको जस्तो देखिएकोले यसको संरक्षण हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्दै अर्का अतिथि कवि बिमला तुम्खेवाले लिम्बू जाती भाषा, संस्कार संकृतिको हिसाबले सम्पन्न भएको बताउनुभयाे । पछिल्लो समयमा लिम्बू जाती अहिले पनि संसारै भरी सम्पन्न जातीमा पर्ने बताउनुभयाे । हामीले आफ्नो परम्परागत पोषाकदेखि सबै कुराले गहिरो प्रभाव छोडेको बताउनुभयाे ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठूले राईले गीतकार आङ्बुहाङलाई बधाई दिएका थिए । उनी देशभन्दा धेरै टाढा रहे पनि नेपालको माटो र हावापानीलाई आफूसँगै राखेको बताउनुभयाे । यश पाःलामको शब्द नबुझे पनि भिडियोले धेरै गहिरो विषय बोकेको देख्न सकिने बताउनुभयाे । यस्ता किसिमका संस्कारहरू पुस्तान्तरण हुँदै जानुपर्ने र यसमा व्यापकता आउनुपर्ने उहाँले बताउनुभयाे । राईले सुमन र निरन्ताको आवाजको स्वरमा मीठो कम्पन भएको साथै आवाजले मुटुमा प्रहार गर्ने भन्दै प्रशंसा पनि गर्नुभयाे ।

यस्तै, कार्यक्रममा उपस्तिथितहरूलाई धन्यवाद दिँदै निर्देशक हाङ चेम्जोङले चन्द्रकुवेर, कमला लगायतसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी भएको बताउनुभयाे ।

कार्यक्रममा कलाकारहरू चन्द्रकुवेर खापुङ र कमला सेन्दाङ लगायत सम्पूर्ण कलाकारहरूलाई प्रसंसा–पत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कल्पना आङ्बुहाङको शब्द रहेको यश पाःलामको लय संकलन देश थलङ लिम्बु र मिक्सिङ् राजु कार्कीको रहेको छ । ख्यालीमा भने मुन्धुमवीद यासेली योङहाङको शब्द लेखन रहेको छ । पाःलाममा चर्चित पाःलाम गायक सुमन लिम्बू र निरन्ता नेम्बाङले स्वर दिनुभएकाे छ । कोरस गायनमा गंगा फियाक र दिवस नेम्बाङले साथ दिनुभएकाे छ ।

पाःलामको भिडियो छायांकन इसाक जबेगूले गर्नुभएकाे हाे । यसमा एसएसपी चन्द्रकुबेर खापुङ, कमला सेन्दाङ, यासेली योङहाङ, लक्ष्मी योङहाङ, शनी लिम्बु,नरेश वनेम, मनु थक्लुङ, पूर्ण लिम्बु, बसन्ता सम्बाहाम्फे, बिनु लक्सम, पर्शु थलङ, टेकेन्द्र चेम्जोङ, राजु चेम्जोङ लगायतको अभिनय छ । पाःलामको भिडियो कल्पना आङ्बुहाङको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/embed/v8RmF4dk-no

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बुधबार, चैत्र १५, २०७९

१९.३८°

-
Haze

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने...

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन् : मन्त्री किराँती

गठबन्धनको बैठक आज बस्ने, मन्त्रीपरिषद् विस्तारका बारे छलफल हुने

प्रधानमन्त्रीले विश्वासको मत लिएको ८ दिन बित्यो, अझै मन्त्रिपरिषद्...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्यो, कलाकारलाई...

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ सार्वजनिक

फिल्म ‘कामिनो’मा बर्षा,नीति,सौगातदेखि भोलासम्म

नरहरि प्रेमी र प्रज्ञा अधिकारीको ‘तिमीलाई हेरेर’ सार्वजनिक (भिडियो...