fbpx

‘महिलाहरुलाई पनि ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्छ’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताउनु भयो ।

नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उहाँले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनु नहुने बताउनु भयो । उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताउनु भयो । उहाँले प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी समानुपातिक कोटाबाट ३३ प्रतिशत पुगिराखेका छौँ । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिकाहरुमा हेर्ने हो भने उप मात्रै हामी धेरै भइराखेको अवस्था छ । हामी प्रमुख पदहरुमा छैनौँ । अबको हाम्रो मुख्य लडाईंको विषय यि प्रमुख ठाउँहरुमा पुग्ने कुरामा हुनुपर्छ । र सार्थक पदाधिकारी बन्ने अवस्थामा हामी पुग्नुपर्छ । त्यसको लागि अबको माग हाम्रो । हाम्रो लडाईं सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ ।

धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सिमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ हामीले । हरेक तहमा । गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपयो । ५० प्रतिशत पुरुष । नगरपालिका, उपमहानगरपालिका जति छन् ति सबैमा ५०र५० प्रतिशत पुरुष र महिला लडाउनुपर्ने ।

अब प्रत्यक्षबाट जाने । फेरि संसदमा र प्रदेश सभामा पनि हामीले ५०/५० प्रतिशत लड्ने लिएर जानुपर्छ । नत्र हामीले धेरै सुनिराखेका छौँ, समानुपातिकबाट आएको उसको नाता परेको थियो, के थियो, कोही राम्रो हिसावले योगदान गरेर इतिहास बोकेको महिलाहरुलाई पनि अवलम्वन गर्ने सुनिन्छ । त्यसकारणले हाम्रो प्रत्यक्ष लड्ने क्षमता, जब पुरुष र महिला सबै लड्न थालेपछि अहिले जुन किसिमको आर्थिक चलखेलहरु छ, दुनियाँ छ । त्यो अलि घटेर पनि जान्छ । र महिलाहरु प्रत्यक्ष नै ५० प्रतिशत जितेर आउने वातावरण बन्छ । ५०÷५० प्रतिशत लड्ने भइसकेपछि निर्वाचनमा पनि अलिकति शुद्धीकरण भएर जान्छ ।’


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक