fbpx

वीर रिठेपानीमा रहेको आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने

author

समाचारपाटी

२ years अगाडि

पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा रहेको वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालयले आगामी फाल्गुन ७ गते विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागेको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा गत माघ ३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा बसेको स्थानीय वुद्धिजिवी सहित सरोकारवालाहरुको भेलाले ७१ सदस्यीय मूल आयोजक समिति गठन गरी कार्य अगाडि बढाएको छ ।

विद्यालय स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण जयन्तीलाई महोत्सवकै रुपमा मनाउन र कार्यक्रमहरु सफल बनाउनका लागि स्थानीय सबैले सक्दो सहयोग गर्ने र विद्यालय परिसरमा स्वर्णद्वारको निर्माण गर्ने निर्णय आम भेलाले नै गरिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

महोत्सव सम्पन्न गर्नका निम्ति भौतिक निर्माण बाहेक करीब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र अर्थ संकलनका लागि रु. पाँच हजार भन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम शिलामा लेखिने व्यवस्था गरिएको अध्यक्ष क्या. गुरुङले जानकारी दिनुभयाे ।

आगामी फाल्गुन ७ गते स्वर्ण महोत्सव मनाउने सम्बन्धमा मुल आयोजक समिति सहित विभिन्न ९ उपसमितिहरु गठन भएका छन जसमा मुल आयोजक समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्र बहादुर गुरुङ, सह संयोजक शिक्षक अभिभावक संघका अध्यक्ष तिलकसिंह गुरुङ, सचिव प्र.अ. हेमचन्द्र अधिकारी रहनुभएकाे छ ।

९ सदस्यीयअर्थ संकलन समिति संयोजकमा क्या. गणेश प्रसाद गुरुङ रहनुभएकाे छ । शिक्षक रमेशराज सुवेदी संयोजक तथा बिष्णुहरि पौडेल, महेन्द्रजङ्ग गुरुङ्ग, अनिल गुरुङ्ग र भोज बहादुर गुरुङ्ग सदस्य रहेको प्रचार प्रसार समितिले आफ्नो काम अगाडि बढाइसकेको छ । स्वर्ण जयन्तीका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने लक्ष्य राखिएको छ । स्मारिका प्रकाशन एवंम् अभिलेख संकलनको संयोजकमा प्र.अ. हेमचन्द्र अधिकारी, सदस्यहरुमा विष्णुहरि पौडेल, सु.मे. जग बहादुर गुरुङ, तारा देवी गुरुङ, देवी खडका र क्या.धन बहादुर गुरुङ रहेका छन् । शिक्षक विन्दु सुबेदीको संयोजकत्वमा अतिथि सत्कार एवं सम्मान उपसमिति गठन गरिएको छ । साँस्कृतिक कार्यक्रमको संयोजकमा शिक्षक मानकुमारी पराजुली, जलपान संयोजकमा शि. अ. संघका अध्यक्ष तिलक सिंह गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा राङजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङ्ग, सल्लाहकारहरुको संयोजकमा पो.म.न.पा–२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ रहनुभएकाे छ।

सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ भने विद्यार्थीहरुलाई खेलकुद लगायत बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको र अभिलेख सङ्कलन कार्य भइरहेको प्रअ हेमचन्द्र अधिकारीले बताउनुभयाे । वि.सं.२०२९.सालमा रिठेपानी क्षेत्रका शिक्षाप्रेमी एवं समाजसेवी हरुको पहलमा वीर प्रा.वि. को नाम बाट तत्कालीन अर्घौं ३ किपटमा स्याउलाको झुप्रोबाट स्थापना गरी स्थानीय स्व. भक्त बहादुर गुरुङ्ग लाई सहयोगी शिक्षकको रुपमा नियुक्त गरिएको यो विद्यालय हाल वाल कक्षादेखि आठ सम्म सञ्चालित छ । विद्यालयमा हाल १६९ विद्यार्थी अध्ययनरत छन भने १० जना शिक्षक र १ कर्मचारी कार्यरत रहेका छन ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि