fbpx

मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०७८ का लागि मंगलवार नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।

आयोजक एनएसजेएफले मंगलवार एक कार्यक्रमको आयोजना गरी वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधा गरी कुल चार विधाको मनोनयन सार्वजनिक गरेको हो । स्पोट्र्स अवार्ड फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । सार्वजनिक गरिएको मध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचिमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलरद्वय अञ्जन बिष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन् ।

यस्तै महिलातर्फको मनोनयनमा क्रिकेटरद्वय सीता राना मगर र कप्तान रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी र प्रिती राई तथा बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा अटाएका छन् ।

यसैगरी वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका पूर्व प्रशिक्षक डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट रहेका छन् । यसअघि एनएसजेएफले पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामा परेका छन् ।
फागुन २३ गते आयोजना हुने अवार्ड कार्यक्रमबाट विजेताको घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको लागि गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा गठित कमिटीबाट विभिन्न चार विधाका खेलाडीको नाम सार्वजनिक गरिएको हो । विजेताको नाम फागुन २३ गते हुने अवार्डमा सार्वजनिक गरिनेछ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन