fbpx

नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातका लागि सहज वातावरण बनाउन सरकारसँग माग

author

समाचारपाटी

२ हप्ता अगाडि

जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातको सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

बिहीवार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले वागमती प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले स्वदेशी नेपाली जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि संघ र प्रदेश सरकारले उचित वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । उद्योगीहरुले नेपाली जुत्ता चप्पल उद्योगीहरुले कच्चा पदार्थ,बजारीकरण,निर्यातका लागि गुणस्तरका विषयमा समस्या रहेको भन्दै सरकारले नेपाली उत्पादनको प्रोत्साहन र प्रवद्र्धन गरी निर्यातको लागि सहजिकरण गर्न माग गरे । उनीहरुले बजारीकरणको लागि संघ,प्रदेश र स्थानीय निकायहरुका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ता स्वदेशी उत्पादन अनिवार्य बनाउने गरी नीति बनाउन पनि माग गरे । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपाने नेपाली उत्पादन जुत्ता बिक्रीवितरण,उत्पादन गर्ने दक्ष जनशक्ति,नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरिय छ भनेर चिनाउने काममा बागमती प्रदेश सरकारले सहयोग गर्न माग गर्नु भयो । उहाँले सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने र व्यवसायीको आत्मवल उच्च हुने दाबी गर्नुभयो । उहाँले सरकारले सहज वातावरण बनाउँदा मात्रै उत्पादन वृद्धि हुने अवस्था रहेको बताउनु भयो । अध्यक्ष न्यौपानेले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाउन लागेको बताउनु भयो । उहाँले सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनु पर्ने नीति नियम ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसको शुरुवात वागमती प्रदेश सरकारबाट गर्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो,‘नेपाली उत्पादन जुत्ता बिक्रीवितरण,उत्पादन गर्ने दक्ष जनशक्ति,नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरिय छ भनेर चिनाउने काममा वागमती प्रदेश सरकारले सहयोग गर्नु आवश्यक छ । सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने भएकाले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाएका छौं । त्यसको नेतृत्व वागमती सरकारले गर्नुपर्छ । सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनुपर्ने नीति नियम ल्याउन आवश्यक छ । त्यसको शुरुवात वागमती प्रदेश सरकारबाट हुन आवश्यक छ ।’


फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले विभिन्न समस्याकाबीचमा ९ करोड फुटवयेरको माग रहेको बताउनु भयो । उहाँले उत्पादन पूर्वाधारको आधारमा १६ करोड जुत्ताचप्पल उत्पादन गर्ने क्षमता रहे पनि विभिन्न नीतिगत र बजारीकरणको समस्याको कारण उत्पादन क्षमता भन्दा ६० प्रतिशत मात्रै उत्पादन भइरहेको बताउनु भयो । उहाँले अहिले ६ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको बताउनु भयो । उहाँले साना र सिमित उद्योगीहरुले मात्रै उत्पादन गरी रहेकाले आधा मात्रै उत्पादन भइरहेको बताउनु भयो । उहाँले साना व्यवसायीहरु भएकाले बजारिकरण गर्न ज्ञान,सीपको अभाव र पुँजीको कारणले बजारिकण गर्ने समस्या रहेको बताउनु भयो । उहाँले सरकारले निर्यातको दायरा बनाउनको लागि प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले  १५ सय उद्योगबाट उत्पादन भएका वस्तुहरु धेरै निर्यात गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि साँघुरिएर बस्न बाध्य रहेको बताउनु भयो । उहाँले बजारको हिंसा कभर गर्ने वातावरणको लागि सरकारले नेपाली उत्पादनको प्रवद्र्धन गर्न माग गर्नुभयो ।  

उहाँले भन्नुभयो,‘विभिन्न समस्याकाबीचमा पनि ९ करोड जति फुटवयेरको माग हुुँदा उत्पादन पूर्वाधारको आधारमा १६ करोड जुत्ताचप्पल उत्पादन गर्ने क्षमता छ । तर अहिले जम्मा ६ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको छ । उत्पादन क्षमता १६ करोड हुँदा पनि ६ करोड मात्रै उत्पादन साना र सिमित उद्योगीहरु छौं । जसले बजारिकरण गर्न ज्ञान अभाव सीप र पुँजीको कारणले गर्दा बजारिकण गर्ने समस्या छ । निर्यातमा केही व्यवसायी मात्रै छन् । तथ्याङ्क हेर्ने हो भने एउटा उद्योगको तथ्याङ्क हो । यस्ता १५ सय उद्योग छन् । निकासी गर्ने वातावरण बन्ने हो भने दायरा बढ्ने थियो । धेरै सम्भावना हुँदा हुँदै पनि साँघुरिएर बस्न बाध्य छौं । बजारको हिंसा कभर गर्ने वातावरणको लागि नेपाली उत्पादनको प्रवद्र्धनको खाँचो छ ।’


कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य र प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संघीयताको अभ्यास शुरु भएको ६ वर्ष पूरा भएपनि संघ र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धन गर्न नसकिएको बताउनु भयो। उहाँले उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघीय मन्त्रीसँग पनि छलफल गर्ने जानकारी दिनु भयो । उहाँले संघ र प्रदेश मन्त्रालयको अधिकार बाँडफाडमा समस्या रहेको बताउनु भयो । उहाँले फुटवयेरको विकास प्रवद्र्धन गर्ने वर्तमान समस्या समाधानको लागि आवश्यक पहल गर्ने बताउनु भयो । उहाँले गुणस्तर वस्तु बनाउँदा पनि बजार विदेशी जुत्ताचप्पल आयात गर्नुपर्ने समस्या रहेको बताउनु भयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने समस्या,नयाँ–नयाँ प्रविधिहरुको व्यवस्थापन गरी उत्पादन गर्न समस्या देखिएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘हामीले संघीयताको अभ्यास गरिरहँदा छ वर्षमा टेक्दैछौं । संघ र प्रदेश सरकारबीच समन्वय भएर जान नसक्दा उद्योग व्यवसाय क्षेत्रमा पनि विकास र प्रवद्र्धन गरेर जान नसक्ने अवस्था मैले बुझेको छु । अहिले संघीय मन्त्रीसँग पनि छलफल गर्न खाजेको छु । संघ र प्रदेशको मन्त्रालयको अधिकार क्षेत्रभित्र बाँडफाँड गर्नुपर्ने र अधिकार दिनुपर्ने विषयमा हामी प्रदेशलाई अधिकार ल्याउन खाजेका छौं । फुटवयेरको विकास प्रवद्र्धन गर्ने वर्तमान समस्याहरु छन् । गुणस्तर वस्तु बनाउँदा पनि बजारको समस्या,विदेशी जुत्ताचप्पल आयात गर्नुपर्ने समस्या छ । दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने समस्या,नयाँ–नयाँ प्रविधिहरुको व्यवस्थापन गरी उत्पादन गर्न समस्या देखिएको छ । वागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले फुटवयेर क्षेत्रको विकास प्रवद्र्धन गर्नको लागि गर्नुपर्ने काम लिखित रुपमा माग गर्नुभयो भने अध्ययन गरेर बजेट व्यवस्थापन गरी समावेशी र सन्तुलित कार्यक्रम ल्याउनेछु ।’


उहाँले वागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले फुटवयेर क्षेत्रको विकास प्रवद्र्धन गर्नको लागि गर्नुपर्ने काम लिखित रुपमा माग गर्नु आग्रह गर्नुभयो । मन्त्री प्रदेश सरकारले बजेट व्यवस्थापन गरी समावेशी र सन्तुलित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल
 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, बैशाख २०, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन