fbpx

राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता :- कमल थापा

author

समाचारपाटी

२ years अगाडि

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टडकारो रुपमा रहेको बताउनुभएकाे छ । काठमाण्डौं जिल्लाद्वारा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ तथा त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको समेत उहाँको दाबी थियो ।

राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति होईन भन्दै थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति हो। चुनाव परिणाम प्रतिकुल रहेता पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाईने समेत बिश्वास ब्यक्त गर्नुभयाे ।

विद्यमान राजनीतिक संरचना भित्र रहेका त्रुटिहरुका कारण हालै सम्पन्न निर्वाचनबाट समेत देशले भोग्नु परेको संकटको समाधान हुन नसक्ने भन्दै उहाँले आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधि सभा दुई अढाई वर्षभित्र नै दुर्घटनामा पर्न सक्ने खतरा रहेको समेत आशंका ब्यक्त गर्नुभयाे । निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसङ्गतिको कारण संसदीय व्यवस्था प्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको समेत उल्लेख गर्नुभयाे।

संसदमा प्रतिनिधित्व नभएको कारण अब राप्रपा नेपालले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्नो एजेण्डाहरु स्थापित गर्न सडकमा क्रियाशील हुनु आवश्यक भएको र आगामी चैत बैशाखमा राप्रपा नेपालले देशव्यापी सडक संघर्षको कार्यक्रम समेत संचालन गर्नु आवश्यक भएकोले सोही बमोजिम तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयाे ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...