काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लाग्नुभएकाे हाे ।
उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
उपत्यका बाहिर रहनुभएका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सक्नुभएकाे थिएन् ।
एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुट्नुभएकाे थियाे । आले पारिवारिक शोकमा हुनुहुन्छ भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना हुनुभएकाे छ । उहाँहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा बिहीबार शपथ ग्रहण गर्नुभएकाे थियाे ।