fbpx

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाउनुभयाे रञ्जित गजमेरले

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुनुहुन्छ रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आउनुभएका उहाँलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ। गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उहाँले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उहाँले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काउनुभयाे । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उहाँका आँखासमेत रसाएका थिए।

नेपाल लिटरेचर फेस्टिभलको बहानामा वर्षौंपछि पोखरा आउने मौका पाएँकोमा एकदम धेरै खुसी लागेको बताउँदै उहाँले भन्नुभयाे, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ। बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो। कि गुजराती कि हिन्दी बोल्नुपर्यो।’

गजमेरको यो सेसन उहाँका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो। र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाउनुभयाे पनि। एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नु पर्यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन । आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भन्नुभयाे,नेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरो श्रीमती र मैले सोच्दाखेरी काठमाडौंबाट तारादेवी वा दार्जिलिंगबाट अरुणा लामालाई बोलाउनु पर्यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन,’ उहाँले भन्नुभयाे, ‘मेरो श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भन्नुभयाे । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो। मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी हुनुभयो।’

बाँसुरी फिल्मकै मिर्मिरे साँझमा सिमसिमे पानी गीत पनि त्यो गीतसँगै रेकर्ड भएको उहाँले बताउनुभयाे। उहाँले खर्च जोगाउन दुबै गीत एकै दिन रेकर्ड गरिएको जानकारी दिनुभयाे। मिर्मिरे साँझ उदित उदितनारायण झाको पहिलो गीत भएको पनि उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो।’नेपाली गीतको चर्चाको सिलसिलामा हम दोनो दो प्रेमी गीतको चर्चा पनि आइहाल्यो ।

उहाँले आफ्ना गुरुजी अर्थात् बोस आरडी बर्मनले नेपाली शैलीको गाना मागेपछि यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गर्नुभयाे। उहाँले भन्नुभयाे,यो गीत रेलमा छायांकन हुन्छ। गीतमा मादल मादल तिमी मात्र बजाउनू अरु रिदम चाहिन्न । गितार हुन्छ अनि अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ।’

रेलको छुकछुक आवाजको कथा पनि भनिहाले, ‘हामी रंग लगाउँदा साइन पेपर लाउँछौं नि त्यो साइन पेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो। लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गर्नुभयाे । हिन्दीपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री ? को पालो आयो।

बाँसुदेव फिल्मका निर्देशक तथा पटकथाकार नीर शाहले यो गीतको प्रस्ताव गर्दा मैले भनेको थिएँ, ‘मैले महाकवि देवकोटाको कवितामा ट्युन गर्ने? घर आएर श्रीमतीसँग कुरा गरेपछि उहाँले यो त तपाईंको लागि चुनौती हो भन्नुभयाे । चुनौती लिनैपर्छ । गर्नैपर्छ ।’ मुम्बईमा ट्युन बनाएर मात्र गीत लेखिने तर पहिल्यै लेखिएको देवकोटाको कवितामा संगीत भर्न गाह्रो लागेको उहाँको भनाइ थियो।

‘पहिला छन्द मिलाउनुपर्छ हामीले । छन्द मिलाउने क्रममा यो तालमा हुन्छ कि, अर्को तालमा हुन्छ नमिलेर सात मात्रामा गरौं न त भनेर त्यसपछि मैले प्रयास गरेँ । ट्युन हाम्रो भूपाली रागजस्तो होस्, नेपाल टच या पहाडी राग होस् भनेर हाम्रो भूपाली रागमा गर्यौं।’

कार्यक्रम सञ्चालक सिर्जना पोखरेलले रञ्जितकी दिवंगत पत्नी कुसुम गजरेलमा समर्पित गर्दै कार्यक्रम सुरु गर्नुभएकाे थियाे। कुराकानीका क्रममा गजमेरले कुसुमलाई स्मरण गर्दै आफ्नो संगीत यात्रा यहाँसम्म आइपुग्नुमा उहाँको ठूलो हात रहेको बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘जति पनि काम गरेँ अहिलेसम्म, जति पनि नाम भयो मेरो रञ्जित गजमेरले गरेको होइन । ममा भगवानको आशीर्वाद थियो र दार्जिलिंगदेखि काठमाडौं र काठमाडौंदेखि बम्बईसम्म गएर उहाँको आशीर्वादले भएको हो। र, यसको सम्पूर्ण श्रेय मेरी श्रीमतीलाई दिन्छु । भए हुन्छ नभए फेरि फर्कौंला । उहाँको जोडले हामी बम्बै पुगेको हो । मेरी श्रीमती र भगवान पशुपतिनाथ र तपाईंहरु सम्पूर्ण नेपाली जनताले जो प्यार, माया दिनुभयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो मेरो लागि।’


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक