fbpx

राम नवमीमा राम मन्दिरमा भक्तजनको भीड

author

समाचारपाटी

२ हप्ता अगाडि

आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदै छ । सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरुको भीड लागेको छ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । बत्तिसपुतली राममन्दिरका मुल पुजारी हरिप्रसाद अधिकारीले रामनवमी राक्षसहरुले देवताहरुलाई दुःख दिएर पृथ्वीले थाम्न नसकेपछि सबै देवताहरु भगवानकोमा गएको र म मनुष्य अवतारमा धर्तीमा जन्म लिएर राक्षसहरुको अन्त्य गर्नेछु भन्ने वचन दिएपछि देवताहरु आफ्नो लोकमा फर्किएको बताउनु शास्त्रमा रहेको बताउनु भयो । उहाँले पछि दशरथको पुत्र भएर जन्मिनुभएको र श्रीराम वनवास सवारी भएको बताउनु भयो । राक्षसहरु मार्दै गएर बाँदर सेनाको साथमा गएर लंकामा रावणको वध गर्नुभएको बताउनु भयो । उहाँले आज श्रीरामको जन्मदिन भएकाले जन्मोत्सव मनाइएको बताउनु भयो । 


आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, बैशाख १८, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन