प्रधानमन्त्रीले विश्वासको मत लिएको ८ दिन बित्यो, अझै मन्त्रिपरिषद् विस्तार हुने टुङ्गो लागेन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको आठ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । मन्त्रिपरिषद् विस्तार गर्ने भनेर पटक–पटक मिति नै घोषणा गर्नुभएका प्रधानमन्त्रीले अहिले पनि विभिन्न बहाना बनाएर मन्त्रिपरिषद् विस्तारलाई टार्दै आउनुभएको छ ।

नेकपा एमालेसँगको सहकार्य टुटेपछि उहाँले राष्ट्रपतिको चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको थियो, त्यसपछि प्रचण्डले उपराष्ट्रपतिको चुनावपछि मात्रै सरकार विस्तार गर्ने बताउनुभयो । उपराष्ट्रपतिको चुनावपछि प्रचण्डले विश्वासको मत लिएपछि सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने वाचा गर्नुभयो । तर चैतको ६ गते विश्वासको मत लिएको आज आठ दिन हुँदा पनि मन्त्रिहरू नियुक्त भएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जसपा र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायतका कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा पर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । यसले गर्दा मन्त्रालयका काम भद्रगोल भएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू मन्त्रिविहीन हुँदा समस्या झनै बढेको छ । मन्त्रालयका काम निकै प्रभावित भएको सचिवहरूले बताएका छन् ।


काठमाडौं

शुक्रबार, असार २७, २०८२

१९.२८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ