fbpx

नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

author

समाचारपाटी

२ हप्ता अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उहाँले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताउनुभएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताउनु भएको थियो । त्यस अवसरमा उहाँले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताउनुभएको थियो । निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले लगानी सम्मेलनका लागि प्रश्तावित परियोजनाहरु तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता उपाध्यायले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्युले निर्देशन पनि दिनुभयो । त्यसमा अध्यादेशमार्फत भएपनि ऐन संशोधन गर्न किन खोजियो भन्ने विषयमा उहाँले के भन्नुभयो भने यो निजी क्षेत्रलाई आकर्षित नगरीकन राष्ट्रको विकास हृुँदैन । विश्व परिवेशमा हेर्दाखेरी जुन देशमा निजी क्षेत्रलाई पर्याप्त लगानीका सम्भावनाहरु उजागर गरेर उनीहरुको बाधाअवरोधहरु फुकाइएको हुन्छ, त्यस्ता देशमा चाहीँ राम्रो विकास भएको देखिएको छ । त्यसकारण नेपालमा पनि लगानीको क्षेत्रमा देखिएका बाधाहरु हटाउनका लागि निजी क्षेत्रले प्रयास गर्नुपर्छ । र त्यो निजी क्षेत्रलाई सपोर्ट गर्ने काम चाहीँ सरकारले गर्नुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्युको आशय रहेको थियो । त्यस्तै गुणात्मक सहकार्य हुनुपर्छ । निजी क्षेत्र र सरकारको बीचमा चाहीँ गुणात्मक पब्लिक, प्राईभेट पार्टनरसिस सहकार्य हुनुपर्छ । त्यो भयो भने मात्रै देशका विकासका सम्भावनाहरु अझै उजागर हुँदै जान्छन  भन्ने कुरा उहाँले राख्नु भयो । र जबसम्म निजी क्षेत्रलाई यो विकासको सम्बन्धमा विश्वासमा लिइँदैन, तबसम्म लगानीका सम्भावनाहरु र देश विकासका जुन उद्देश्यहरु तय गरिएको छ । त्यो उद्देश्य एचिव हृुन सक्दैन भन्ने उहाँले निर्देशन दिनुभएको छ । यो परियोजना सोकेसको सम्बन्धमा पनि उहाँले अहिलेसम्म लगानी बोर्डले परियोजना सोकेशका लागि जुन होमवर्क गरेको छ । त्यसको लागि उहाँले धन्यवाद पनि दिनुभयो । र अब लगानी सम्मेलनको जुन तयारी भएको छ । त्यो सम्बन्धमा अझै तिब्र गतिमा जति गर्न सकिन्छ, त्यो गर्नका लागि पनि निर्देशन दिनुभयो । यसरी समग्रमा आजको यो ५८ औं बोर्ड बैठकले यिनै निर्णय गरेका हुन् । ’


बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’