स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छः स्वास्थ्यमन्त्री उपेन्द्र यादव

author

समाचारपाटी

१ year अगाडि

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरिय उत्पादन आवश्यक भएको बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री यादवले वार्षिक रुपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताउनु भयो । उहाँले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गर्नुभयो । उहाँले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताउनु भयो । स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताउनु भयो । उहाँले नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाँले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले स्वास्थ्य उपकरणहरु सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘नेपाल सिरिञ्जमा विदेशीमा निर्भर भएको र आफ्नो उत्पादन नभएको ठाउँमा फरच्युना सिरिञ्ज उद्योगले स्वास्थ्य उपकरणको क्षेत्रमा बजार पाउने छ । नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा सिरिञ्जले स्थान पाउने छ । स्वास्थ्य उपकरणमा निजी क्षेत्र र सरकारी क्षेत्रमा हेर्दा वार्षिक रुपमा खर्बौंको आयात गरिरहेका छौं । विदेशबाट ल्याउने स्वास्थ्य उपकरण २ वर्षको ग्यारेन्टी लेखिएको हुने भएपनि काम नलाग्ने अवस्थाका उपकरण आउने गरेका छन् । स्वास्थ्य उपकरणहरु सम्भवभएसम्म आफ्नै मुलुकमा उत्पादन गर्नसक्ने ठूलो सम्भावना छ । ठूला उपकरणहरु उत्पादन गर्न सम्भव नभएपनि सामान्य उपकरणहरु उत्पादन गर्न हाम्रै मुलुकमा सम्भव रहेको छ । त्यसको लागि निजी क्षेत्र तयार हुनुपर्छ । अहिले कारोनापछि अर्थतन्त्रमा केही शिथिलता छ । यो केही समय रहन्छ र जान्छ । नेपालमा स्वास्थ्य उपकरण उत्पादनमा लगानी गर्न सक्ने ठूलो सम्भावनाको क्षेत्र हो ।  तर मुलुक सतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर छौं । मेडिसिन र फर्मासिटिको क्षेत्रमा पनि ५० प्रतिशत लगानी भएको छ । छिमेकी मुलुकले ९० प्रतिशत माथि गरिसक्यो । बंलादेशले विश्व बजारमा पनि स्थान लिएको छ । उत्पादनमा गुणस्तर दिन सक्यो भने फर्मासिटिको क्षेत्रमा प्रशस्त सम्भावना छ । यस्तो सम्भावना भएको क्षेत्रमा लगानीको सुरुवात भएको छ । त्यो स्वागत योग्य छ ।’


उहाँले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पु¥याएको बताउनु भयो । उहाँले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन