पाकिस्तानको पेशावरमार भएको हिंसात्मक घटनाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

author

समाचारपाटी

२ years अगाडि

वासिङटन डिसी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसात्मक घटनाको निन्दा गर्नुभएकाे छ । पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले निन्दा गर्नुभएकाे हाे।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताउनुभएकाे छ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उहाँले सो विज्ञप्तिमार्फत् आग्रह गर्नुभएकाे हाे।

सोमबार सो मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिनेगरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरुलाई लक्ष गरिएको थियो । सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।

महासचिव गुटरेसले सो हलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरुको परिवारजनप्रति समवेदना प्रकट गर्नुभएकाे छ । उहाँले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताउनुभएकाे छ ।

रासस


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...