fbpx

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९ गते सम्म पोखरामा हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन, कास्कीले सोमबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी १७ औं संस्करणको प्यावसन स्पोर्टस मिट हुने भएको जनाएको हो । स्पोर्टस मिट अन्तर्गत कक्षा १ र १० सम्मका विद्यार्थीहरू बिच छात्र सिनियर तथा जुनियर फुटबल, छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा टेबल टेनिस, छात्र÷छात्रा एथलेटिक्सहरु आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिनुभएकाे छ ।

१७ औं संस्करणको प्यावसन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयाे । उक्त प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा दौड जस्ता इभेन्टस्हरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन अध्यक्ष पौडेलले बताउनुभयाे ।

प्रतियोगिता अन्तर्गत जुनियर फुटबलतर्फ ५६ टिम, सिनियर फुटबलतर्फ ६९, भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता हुनेछ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५,छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्यावसन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिनुभएकाे छ । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८,बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्यावसन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै अध्यक्ष पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिनुभएकाे छ । यहि मंसिर २० गतेबाट अनौपचारिक रुपमा सिनियर तथा जुनियरतर्फका फुटबल प्रतियोगिता आयोजना हुने बताउँदै फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान,नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा हुने प्यावसन कास्कीले जनाएको छ ।

प्याब्सन कास्कीले आयोजना गदै आएको यस खेलकुद प्रतियोगिताले विगतदेखि नै प्याब्सन कास्कीको मात्र नभएर सिङ्गो कास्की जिल्लाको खेलकुद क्षेत्र र खेलकुदको विकासमा विशेष महत्त्व राख्दै राष्ट्रिय खेलाडीहरू उत्पादनमा आधारको रूपमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको प्यावसन कास्कीका प्रमुख सल्लाहकार तथा केन्द्रिय सदस्य प्रेम प्रसाद पौडेलले बताउनुभयाे । उहाँले सबै खेलहरुमा सुरक्षाको प्रत्यभुति हुने गरी प्रतियोगिताहरु आयोजना गरिएको बताउँदै सुरक्षा नै पहिलो प्राथमिकता रहेको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा प्यावसन कास्कीका सचिव पुष्पराज पराजुलीलगायतले स्पोर्टस मिटको विविध पक्षबारे
जानकारी गराउनुभएकाे छ । सचिव पराजुलका अनुसार उद्घाटनका अवसरमा ५० वटा विद्यालयका छात्र–छात्राहरु
ले मार्च पास गर्नेछन् ।

प्याब्सन कास्कीसँग कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध
रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन् ।

यसै विच प्रतियोगिता सफल बनाउन वरिष्ठ उपाध्यक्ष उमा लामिछानेको संयोजकत्वमा विभिन्न १७ वटा समिति गठन गरिएको प्यावसन कास्कीले जनाएको छ । स्पोर्टस मिटको संरक्षकमा मथुरा प्रसाद पौडेल, न्याययिक समितिको संयोजकमा बिर बहादुर बुढाथोकी, आर्थिकमा बेद प्रसाद बस्ताकोटी, कार्यालय व्यवस्थापनमा पुष्पराज पराजुली, मार्च पासमा विधान गौतम, स्टेज व्यवस्थापनमा मोहन पौडेल, निमन्त्रणातर्फ उपाध्यक्ष विष्णु तिमिल्सिना, स्वागत तथा सत्कारमा मथुरा प्रसाद पौडेल, फुटबल आयोजनातर्फ जगत थापा र विष्णु जिशी, भलिवल समितिको संयोजकमा नविन बराल, एथेलिक्सतर्फ राम गुरुङ, कक्षा ११–१२ बास्केटबलतर्फ रामचन्द्र पौडेल, टेबुल टेनिसतर्फ शेर बहादुर क्षेत्री,
शुरक्षातर्फ दिवाकर जैशी, स्वास्थ्यतर्फ टेक नारायण पौडेल, खानेपानी व्यवस्थापनतर्फ शिव गौतम र सुपरिवेक्षणमा दिनेश कुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन