fbpx

‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अँग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ । टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा गरिँदैछ ।

अवार्डको आयोजना आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताउनुभएकाे छ । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने आयोजक दिक्पालले बताउनुभयाे । उहाँका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताउनुभएकाे छ । उहाँका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ ।
यस्तै फेशन तर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ ।

जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाईनर, सेलिब्रेटी फेशन डिजाईनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

बिगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो । गत वर्षबाट फेरी यो अवार्डलाई आफुले निरन्तरता दिएको अर्का आयोजक तथा अभिनेता यसराज गराचले बताउनुभएकाे छ । यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि उहाँले बताउनुभयाे । अवार्ड समारोहमा सम्बन्धि विधाका अग्रज व्यक्तिहरुलाई सम्मान पनि गरिने आयोजक यसराजले जानकारी गराउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन