fbpx

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुई ब्यालेस्टिक मिसाइल प्रहार

author

समाचारपाटी

२ years अगाडि

 उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो ।

जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताए ।

जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्र ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका र २५० किलोमिटर (५३ माइल) को दूरी तय गरेका थिए।

हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए । उत्तर कोरियाले बिहीबार उच्च थ्रस्ट ठोस इन्धन इन्जिनको पनि परीक्षण गरेको छ । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ।

यो परीक्षणमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि नजर थियो । उत्तर कोरियाले यो वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सहित धेरै क्षेप्यास्त्र परीक्षण गरेको छ।

उक्त क्षेप्यास्त्र अमेरिकी भूमिसम्म पुग्न सक्ने क्षमताको भएको बताइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले यी परीक्षणहरू गरिरहेको छ।

बीबीसी


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि