fbpx

काठमाडौं क्षेत्र नम्बर ४ का सबै वडामा गगनको अग्रता, वडा नम्बर ८ मा गणना जारी

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं ४ मा मत गणनाको सुरुवात बुढानीलकण्ठको १ नम्बर वडाबाट गरिएको थियो । कांग्रेसभित्र यो वडामा पछि परिन्छ कि भन्ने आशंका थियो । किनकी स्थानीय निर्वाचनमा यो वडामा एमालेले ८४५ मतका साथ वडाध्यक्ष जितेको थियो । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ४७२ मत पाएका थिए ।

तर यही वडामा गगन थापाले अग्रता लिनुभएकाे छ । कूल खसेको १ हजार५ सय ११ मतमा थापाले ६ सय६७ मत पाउँदा भट्टराईले ६सय ३३ मत पाउनुभयाे । अर्थात थापाले प्रारम्भमै ३४ मतको अग्रता लिनुभएकाे थियाे ।

बुढानीलकण्ठ–२ को मतगणना सकिँदा थापाले अग्रता झनै बढाउनुभयाे । यो वडामा कूल खसेको २७०५ मतमा थापाको पक्षमा १ हजार ३ सय ५८ र भट्टराईको पक्षमा ९ सय ४७ मत खसेको थियो । यहाँ दुई उम्मेदवारको मतान्तर ४ सय ११ रह्यो ।

बुढानीलकण्ठ–८ मा थापाले मतान्तर झनै बढाउनुभयाे । ३ हजार ३ सय ५५ खसेको मतमा थापाले यस वडामा १ हजार ४ सय ६४ ल्याउँदा भट्टराईलाई १ हजार १ सय ३१ मत खस्यो । बुढानीलकण्ठ १, २ र ८ को गणना सकिँदा ७ सय ७५ को मतान्तर कायम थियो ।

बुढानीलकण्ठकै वडा नम्बर ९ मा थापाले १२३६ मत ल्याउँदा भट्टराईले ७७६ मत पाउनुभयाे । वडा नम्बर १० मा पनि थापा नै अघि देखिनुभयाे । थापाले ३१७ मत अन्तरले भट्टराईलाई पछि पार्नुभयाे ।

बुढानीलकण्ठका १, २, ८, ९, १२ र १३ वडाको मतगणना सकिँदा थापा ११ हजार ९८६ मतसहित अगाडि रहनुभयाे । भट्टराईको मत भने ९ हजार २७६ मत पुग्यो ।

काठमाण्डौं महानगरका वडामा आइपुग्दा कांग्रेस उम्मेदवार थापाले मतान्तर बढाउनुभएकाे छ । अहिले महानगरको वडा नम्बर ८ मा गणना जारी छ र दुई उम्मेदवारको मतान्तर ५ हजार ६६८ पुगेको छ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन