fbpx

नेपाली चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र लिम्बू समुदायमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताउनु भयो । उहाँले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताउनु भयो ।

उहाँले चलचित्रमा श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रिएपछि नयाँ सम्बन्ध बनाएर अघि बढ्न सकिँदो रहछ भन्ने लागेको बताउनु भयो । त्यस्तै अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाएँदा खुशी लागेको बताउनु भयो । उहाँले चलचित्रको कथा लिम्बू समुदाय बाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताउनु भयो । त्यस्तै चलचत्रि निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायमा जारी भनेको छोरीचेलीहरुको विवाह भइसकेपछि पनि श्रीमानद्वारा पीडित भएभने स्वेच्छाले अर्को जीवनसाथी रोज्न पाउने चलनका रुपमा रहेको बताउनु भयो । 

फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको कथावस्तुको निर्देशन एवं लेखन उपेन्द्र सुब्बाले गर्नुभएको हो । 


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन