fbpx

प्राज्ञलाई चुनौती दिँदै नाट्य संगीतका कर्मचारीले गरे साँस्कृति कार्यक्रम

author

समाचारपाटी

१ year अगाडि


काठमाण्डौं । विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत सुनाएर प्राज्ञहरु तथा कर्मचारीको मन जितेका हुन् । प्राज्ञहरुले ठुलो बजेटमा साँस्कृतिक कार्यक्रम गर्दै आएको बेला कर्मचारीहरुले आफैंले पैसा उठाएर साँस्कृतिक कार्यक्रम गर्दै प्राज्ञहरुलाई उदाहरण देखाएका छन् ।

कार्यक्रममा गायक विपिन घिमिरे र गायिका शिला बिष्टले देउडा देखि आधुनिक भाका सुनाउनुभयाे । उहाँहरुले युगल रुपमा दुई वटा गीत प्रस्तुत गर्नुभएकाे थियाे । यस्तै गायक शिशिर योगीले सारँगी त सहित अन्य गीत प्रस्तुत गरेर दर्शकको मन जित्नुभयाे ।

यस्तै लोक गायक बिमलराज क्षत्रीले बुट्टे रुमाल गीत गाउँद दर्शकले तालीले साथ दिए । उहाँले कार्यक्रममा अन्य गीत पनि प्रस्तुत गरेका थिए । यस्तै सो प्रतिष्ठानका कर्मचारीले पनि कार्यक्रममा नृत्य एवम् कविता, गजल प्रस्तुत गरे । कर्मचारी लाम्च्युङ लामा तामाङले राष्ट्रिय भावको गीतमा नृत्य गर्नुभयाे भने कर्मचारी विजय श्रेष्ठले मलाई लाज लाग्छ शिर्षकमा कविता सुनाउनुभयाे । प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्षीले प्रस्तुत गरेको गजलमा सबैले वाहवाही गरे । यस्तै ध्रुव वाग्लेले सुनाएको कविता पनि आकर्षक थियो ।

कार्यक्रममा सो कर्मचारी संघका सदस्य नेत्रबहादुर भुजेल, नेपाल प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष अशोक चौरसियालगायतले प्रतिष्ठानमा कर्मचारीको दायित्वबारे आफ्नो भनाई राख्नुभएकाे थियाे । नेपाल प्रज्ञा प्रतिष्ठानको अहिलेको परिषदले आफ्नो कार्यकाल सकेर पनि कानून विपरित कार्यक्रम गरेको चौरसियाले बताउनुभयाे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्य प्रदीप बमजनले प्रतिष्ठानमा कर्मचारीको योगदानबारे प्रकाश पार्नुभयाे भने सदस्य सचिब श्याम प्रकाश तमोटले कर्मचारी र परिषदको समन्वयले मात्र प्रतिष्ठान अघि बढ्ने बताउनुभयाे । सो कार्यक्रम आयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले नाट्य संगीतको विकाशमा कर्मचारीको पनि योगदान रहेको जिकिर गर्नुभयाे । कलाकारहरुलाई प्रोत्साहन गर्न आफुहरुले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको पनि उहाँले प्रकाश पार्नुभयाे ।

यस्तै सो प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गर्नु पर्ने साँस्कृतिक कार्यक्रम कर्मचारीले गरेकोमा सो कार्यको प्रशँसा गर्नुभयाे । प्रतिष्ठानलाई अघि बढाउन र परिषदलाई मार्गदर्शन दिन प्रतिष्ठानका कर्मचारीको पनि त्यत्तिकै ठुलो योगदान रहने उहाँले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन